भारतमा एकै दिन ३ लाख ५४ हजारमा कोरोना पुष्टि

 बैशाख १३, २०७८

दैनिक उच्च संख्यामा कोरोना संक्रमित थपिइरहेको भारतमा पछिल्लो २४ घण्टामा थप ३ लाख ५४ हजार जनामा संक्रमण पुष्टि भएको छ । अघिल्लो दिन त्यहाँ २ लाख ४९ हजार जनामा कोरोना पुष्टि भएको थियो । योसहित भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ७३ लाख ६ हजार पुगेको छ ।

यस्तै‚ मृत्यु हुनेको दर पनि दैनिक बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा २ हजार ८०० भन्दा धेरै कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या १ लाख ९५ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा विश्वभर ७ लाखभन्दा बढी संक्रमित थपिँदा साढे ९ हजारभन्दा बढीले कोरोनाबाट ज्यान गुमाएका छन् ।

तपाईंको प्रतिक्रिया