शान्तिनगरमा बन्यो अक्सिजन सहितको आइसोलेशन

 बैशाख १५, २०७८

तुलसीपुर ।

दाङको शान्तिनगर गाउँपालिकाले अक्सिजन सहितको आइसोलेशन स्थापना गरेको छ । बढ्दो कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै गाउँपालिकाले धनौरी स्वास्थ्य चौकीमा अक्सिजन सहितको आइसोलेशन स्थापना गरेको हो । हाल ११ वेडको आइसोलेशन तयार पारेको र अक्सीजन सहितको बेड ७ वटा रहेको गाँउपालीकाका प्रमुख प्रशासकिय अधिकृत रेमन्त बहादुर डाँगीले जानकारी दिनुभएको छ ।

यद्यपी आवश्यकता अनुसार २० वेड सम्म थप्न सकिने गरी तयारी गरिएको उहाले जानकारी दिनुभयो । अब कोरोनाका जटिल खालका विरामीलाई आईसोलेसनमा भर्ना गर्न सकिने छ । संक्रमितको उपचारका लागि पालिकाले यस अघि नै एक चिकित्सकको पनि ब्यबस्थापन गरेको थियो ।

तपाईंको प्रतिक्रिया