लम्बिनी प्रदेशका ५ जिल्लामा लकडाउन

 बैशाख १६, २०७८

बसन्त परियार, तुलसीपुर ।
लम्बिनी प्रदेशका १२ जिल्ला मध्ये कोरोनाबाट तीन जिल्ला बढि प्रभावित छन । सबै भन्दा बढि प्रभावित बनेको जिल्ला बाँके,रुपन्देही त्यसपछि दाङ छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशमा हाल ६ हजार ९ सय सक्रिय संक्रमितको संख्या रहेका छ । यो तथ्यांक बैशाख १४ गते सम्मको हो । कोरोनाको भयावह अवस्थालाई मध्येनजर प्रभावित जिल्लााहरुले लकडाउन गरेका छन ।

बाँकेमा सक्रिय संक्रमितको संख्या यतिवेला ३ हजार नाघेको छ । बाँके प्रशासनले गएको १३ गते देखि २० गते सम्मको लागि लकडाउन गरेको छ । यस्तै, रुपन्देही जिल्लामा झण्डै २ हजार सक्रिय संक्रमित रहदा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बैशाख १६ गते बिहान ६ बजेदेखि बैशाख ३० गते राति १२ बजे सम्म पुर्णरूममा लगडाउनको घोषणा गरिएको छ । यता, दाङमा संक्रमितको संख्या ८ सय नाघेको छ । दैनिक रुपमा संक्रमित थपिने क्रम बढेपछि लकडाउनको घोषणा गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको हिजो बसेको बैठकले वैशाख १७ देखि २५ गते सम्म लकडाउन गर्ने निर्णय गरेको छ ।

उता बर्दियामा जोखिम क्षेत्र लाई समेटर १३ गते राती देखि लागु भई १९ गते राती १२ बजे सम्मको लागि लकडाउन गरिएको छ । त्यहा संक्रमितको संख्या ३ सय बढि रहेको छ । यस्तै, २ सय ७ संक्रमित रहेको पाल्पामा पनि लकडाउनको घोषणा गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १७ रातिदेखि २४ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । पछिल्लो समय कोरोना संक्रमण बढिरहेको भन्दै प्रशासनले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । त्यसैगरी २ सय ४८ संक्रमित रहेको कपिलवस्तु लकडाउन गरिएको छैन ।

यस्तै, एक सय भन्दा कम संक्रमित रहेको अर्खाखाचि,गुल्मी,प्युठान,नवलपरासी पश्चिम,रोल्पा र रुकुम पुर्वमा लकडाउन गरिएको छैन । आवस्यक सर्तकता अपनाउन आग्रह गर्दै संक्रमितको संख्या बढ्दै गए लकडाउन हुने जानकारी सम्बन्धीत प्रशासनले जानकारी दिएका छन ।

तपाईंको प्रतिक्रिया