लकडाउनको पालना गर्न मेयरको आग्रह

 बैशाख १७, २०७८

तुलसीपुर ।

तुलसीपुर उपमहानगरपालिकाले लकडाउनको पूर्ण पालना गरेर घरमै सुरक्षीत बस्न नगरबासीमा हार्दिक अनुरोध गरेको छ । नगर प्रमुख घनश्याम पाण्डेले एक प्रेस विज्ञप्ती जारी गर्दै नयाँ भेरिएन्ट सहितको कोभिड–१९ को संक्रमण बढ्दै गएकाले रोकथामका लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीसी एमसी) ले आज देखि २५ गते साँझसम्म गरेको लकडाउनलाई पूर्णरुपमा पालना गर्न आग्रह गर्नुभएको हो ।

नगर प्रमुख पाण्डेद्धारा जारी विज्ञप्तीमा लकडाउनको समयमा घरमै सुरक्षीत बस्न, घरबाहिर निस्कनु पर्ने भए सम्बन्धित निकायसंग समन्वय गर्न, सामाजिकदुरी कायम गर्न, भिडभाडमा नजान, भोजभतेर, पाटीमा सहभागि नहुन तथा नगर्न र सुरक्षाका सबै विधि अपनाउन नगरबासी सबैमा अनुरोध गरिएको छ ।

तपाईंको प्रतिक्रिया