श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पु¥याउने प्रधानमन्त्रीको प्रतिबद्धता

 बैशाख १८, २०७८

तुलसीपुर ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७८÷७९ बाट लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पु¥याइने बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले हालसम्मको न्यूनतम पारिश्रमिकको पुनरावलोकन गर्दै मासिक १३ हजार ४ सय ५० बाट बढाएर १५ हजार पु¥याइने उल्लेख गर्नुभएको हो ।

दैनिक पारिश्रमिक ५ सय १७ रुपैयाँबाट बढाएर ५ सय ७७ रुपैयाँ बनाइने उहाँले बताउनुभएको छ । प्रतिघण्टा पारिश्रमिक ६९ रुपैयाँबाट ७७ हुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले श्रमिक क्षेत्रमा औपचारिक कि अनौपचारिक भन्ने विभेदलाई कानुनी रूपमा अन्त्य गरिएको दावी गर्नुभएको छ ।

तपाईंको प्रतिक्रिया