कारभित्र मृत भेटिएका तिन वालकको पहिचान खुल्यो

 बैशाख १९, २०७८

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–६ मा राखिएकाे आरजे ०१ सीसी ०८८५ नम्बरको भारतीय नम्बर प्लेटको कारमा मृत भेटिएका तीन वालकको पहिचान खुलेको छ ।

मृतक तुलसीपुर उपमहानगरपालिका–६ गाइडर बस्ने भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण र किरण परियारका ७ वर्षीय छोरा करण रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तीनैजना वालक बैशाख १६ गते अपरान्हदेखि हराएको भन्दै १७ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा अभिभावकको निवेदन परेको थियो । हिजाे बेलुकी लक गरिएको गाडिभित्र शव भेट्टाएका थिए । त्यसपछि प्रहरीलाई खवर भएको हो ।

इप्रका तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहका अनुसार घटनाको अनुसन्धानका लागि नेपालगन्जबाट तालिमप्राप्त कुकुरसहित प्रहरीको विशेषज्ञ टोली तुलसीपुर ल्याइएको छ । मृतक बालकका आफन्तले आफ्ना सन्तानको हत्या भएको दावी गर्दै हत्यारा पक्राउगरी कार्वाही गर्न माग गरेका छन् ।

तपाईंको प्रतिक्रिया