बालक मृत्युु प्रकरण : अनेरास्ववियुकाे गम्भिर ध्यानाकर्षण

 बैशाख १९, २०७८


तुलसीपुर ।
राेकिराखेकाे कारमा बालक मृत भेटिएको घटना प्रति अनेरास्ववियु दाङलाई गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । अनेरास्ववियु दाङका संयाेजक सर्जन परियारद्वारा जारि बिज्ञप्तिमा घटनाकाे निश्पक्ष रुपमा छानबिनका लागि माग समेत गरिएको छ । साथै मृतक विद्यार्थीहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्तिको प्रदान हाेस भनी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं, बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
शनिवार साझ भारतीय नम्बर प्लेट आर जे ०१ सीसी ०८८५ नम्बरको कारभित्र तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बरुवा गाउँका बालकहरु ६ वर्षीय करण परियार,७ वर्षीय सुवर्ण परियार र ९ वर्षीय सन्दिप परियार मृत अवस्थामा फेला परेका थिए ।

तपाईंको प्रतिक्रिया