मुख्यमन्त्री पोखरेलले लिए सपथ

 बैशाख १९, २०७८

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई मुख्यमन्त्रीको कार्यालयमै पद तथा गोपनीयताको सपथग्रहण गराइएको छ । प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनले नाराबाजी गरेर धर्ना दिएपछि मुख्यमन्त्री कार्यालयमा सपथग्रहण गराइएको हो ।

प्रदेश प्रमुख धर्मनाथ यादव सपथग्रहण गराउन मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गएका थिए । विपक्षी गठबन्धनका कार्यकर्ताले बाहिर नाराबाजी गरेका थिए । नाराबाजीकैबीच सपथग्रहण भएको हो ।

पोखरेलले आइतवार विहान राजिनामा दिई,बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा सरकार गठनका लागि ४१ सांसदको हस्ताक्षर बुझाएका थिए । सोही बमोजिम प्रदेश प्रमुखले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

तपाईंको प्रतिक्रिया