कोरोनाबाट ज्यान गुमाएका परिवारलाई १ लाख दिने

 बैशाख २०, २०७८

तुलसीपुर । कर्णाली प्रदेश सरकारले कोरोना भाइरसका कारण मृत्यु भएमा १ लाख दिने घोषणा गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई जनही १ लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

संक्रमणबाट मृत्यु भएका परिवारलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाएर प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलव्ध गराउने निर्णय गरिएको सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् ।

तपाईंको प्रतिक्रिया