लुम्बिनीका दुई स्वतन्त्र सांसद एमालेमै फर्किए, पोखरेललाई समर्थन

 बैशाख २०, २०७८

तुलसीपुर ।
सूर्य चिन्हबाट चुनाव जितेका लुम्बिनी प्रदेशका दुईजना स्वतन्त्र सांसदले आफूहरू एमाले संसदीय दलमै रहने बताएका छन् । कपिलबस्तु-२ ‘ख’ बाट निर्वाचित धर्मवहादुर लाल श्रीवास्तव र नवलपरासीपश्चिम १ ‘ख’ बाट निर्वाचित अजय शाहीले सोमवार विज्ञप्तिमार्फत आफूहरुको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई रहेको प्रष्ट पारेका हुन् ।

आइतवार मात्रै सांसद विमला खत्रीले नेकपा माओवादी केन्द्र रोजेकी थिइन् ।

तपाईंको प्रतिक्रिया