बाँकेमा निषेधाज्ञा एक हप्ता थपियो

 बैशाख २०, २०७८


नेपालगञ्ज । बाँकेमा निषेधाज्ञा बढाइएको छ । वैशाख १३ गते रातिदेखि २० गते राति १२ बजेसम्मलाई जारी गरिएको निषेधाज्ञालाई बढाएर २७ गते राति १२ बजेसम्म पु¥याइएको छ ।

जिल्ला प्रशासन कार्यालय, बाँकेले सोमबार सूचना जारी गरेर सोबारेमा जानकारी दिएको छ। संक्रमण फैलावटको साङ्लो तोड्न (चेन ब्रेक) गर्न १३ गते रातिदेखि निषेधाज्ञा गरिएकोमा संक्रमण दरमा अझै कमी नआएकाले निषेधाज्ञा बढाइएको जनाइएको छ ।

स्थानीय प्रशासनले सुरुमा नेपालगञ्ज उपमहानगरपालिकाभित्रमात्रै वैशाख ९ गतेदेखि १५ गते रातिसम्मका लागि निषेधाज्ञा लगाएको थियो । संक्रमण बढेपछि १३ गते रातिदेखि जिल्लाभरि बनाइएको थियो ।वैशाखको सुरुवातदेखि नै बाँकेमा संक्रमण धेरै बढेको छ । अहिलेसम्म बाँकेमा मात्रै १ सय ३७ जनाको मृत्यु भइसकेको छ ।

तपाईंको प्रतिक्रिया