तीन बालकको मृत्यु प्रकरण: दोषि पत्ता नलाग्दा सम्म शव बुझ्दैनौं

 बैशाख २०, २०७८

तस्वीर : आईतवार भएको पोष्टमार्टम

तुलसीपुर ।

दाङ तुलसीपुरमा रोकिराखेको कारमा बालक मृत भेटिएका घटनाको चौतर्फी विरोध भैरहेको छ । उपमहानगररको वडा नम्बर ६ गाईडहर नजिकै स्याउली बजार स्थित रोकी राखेको भारतीय नम्बर प्लेट भएको कार भित्र तिन जना बालक मृत भेटिएपछि विभिन्न् क्षेत्रबाट गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ । साथै उक्त घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेका छन् ।

यहि बैशाख १६ गतेदेखी बेपत्ता भएका तुलसीपुर ६ बरुवागाउँ बस्ने भिम बहादुर परियारका ९ बर्षका छोरा सन्दिप परियार, सोही ठाउँका सन्तोष परियारका ७ बर्षका छोरा सुवर्ण परियार र किरण परियारका ६ बर्षका छोरा करण परियार पार्किङ गरि राखेको आरजे ०१ सिसी ०८८५ नम्वरको भारतीय गाडी भित्र शनिवार साँझ मृत भेटिएका थिए । मृतक बालकहरुको पोष्ट मार्टम पछि राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखीएको छ । मृतकका आफन्तीहरुले हत्या नै भएको भन्दै दोषी पत्ता नलाग्दा सम्म शव नबुझने अडान लिएका छन् ।

यता ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले आफूहरु पोष्टमार्टम रिपोर्टको प्रतीक्षामा रहेको बताएका छन । रिपोर्ट आएपछि थप अनुसन्धान अघि बढाईने उनले बताए । उनको अनुसार आज साँझसम्म वा भोली विहानसम्म पोष्टमार्टमा रिपोर्ट आईपुग्नेछ । अहिले गाडी धनी यादव गैरे र चालक पदमबहादुर बस्नेतलाई म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

तपाईंको प्रतिक्रिया