बाँकेमा थप चार संक्रमितकाे मृत्यु

 बैशाख २१, २०७८

काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार गएराति ७ बजे यता नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा चार जना संक्रमितको निधन भएको छ।

मृत्यु हुनेमा कैलालीका ८० वर्षीय, ५५ वर्षीय पुरुष छन् भने बाँकेका ७० वर्षीय पुरुष र ६५ वर्षीया महिला छन्।

योसँगै जिल्ला बाँके जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ स ४१ पुगेको छ भने बाँकेका विभिन्न अस्पतालमा बाहिरी जिल्लाका १ सय २१ जनाको मृत्यु भएको वलीले बताए।

तपाईंको प्रतिक्रिया