थप ७६६० जनामा कोरोना पुष्टि, ५५ को मृत्यु

 बैशाख २१, २०७८


काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७६६० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यस्तै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १७७५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

तपाईंको प्रतिक्रिया