संक्रमित पत्रकारकाे उपचार गर्न आइसाेलेशन तयार

 बैशाख २१, २०७८

तुलसीपुर । नेपाल पत्रकार महासघ दाङले काेराेना संक्रमण भएका पत्रकारहरुका लागि कार्यालयमा आइसोलेसन केन्द्र स्थापना गरेको छ । कोरोना जाेखिमलाई मध्यनजर गर्दै काेराेना संक्रमित दाङका पत्रकारकाे उपचारका लागि आइसाेलेशन स्थापना गरिएकाे अध्यक्ष दुर्गालाल केसीले बताए ।

कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा अस्पतालमा शैया पाउन कठिन भैरहेकोले पत्रकारलाई सहज रुपमा उपचार गर्ने वातावरण मिलाउन नेपाल पत्रकार महासंघ दाङको भवनमा अक्सीजनसहित ६ बेडको आइसोलेशन स्थापना गरिएको हो ।
नेपाल पत्रकार महासंघ दाङ शाखाको भवनमा कोरोना संक्रमित पत्रकारकालागि स्थापना भएको आइसोलेसन व्यवस्थापनकालागि महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी संयोजक, कार्यसमिति, सल्लाकार, पूर्व अध्यक्ष एव सञ्चार संघसंगठनका प्रमुख रहेको मूल समिति गरेकाे छ ।
यस्तै उपाध्याक्ष बसुन्धरा गाैतमतम संयोजकत्वमा कार्यसमिति सदस्य कुलदिप न्यौपाने र सदस्य राधा पौडेल सदस्य रहेको स्वास्थ्य व्यवस्थापन समिति र उपाध्यक्ष सन्तोष सुवेदी संयोजकत्वमा सचिव आर.के.शीतल, निवर्तमान सचिव भुपेन्द्र वली, कार्यसमिति सदस्यहरु उदय विसी र गिरिराज नेपाली सदस्य रहेको आईसोलेशन कक्ष व्यवस्थापन समिति गठन गरिएको छ ।

साथै कोरोना महामारीमा खट्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगाएतका फ्रन्टलाइनरहरुकालागि पनि आइसोलेसन अभाव हुनसक्ने कुरालाई मध्यनजर गर्दै आवश्यक परेमा आईसोलेशन सञ्चालनकालागी महासंघको भवन उपलब्ध गराउन सकिने निर्णय गरेको छ ।
साथै नेपाल पत्रकार महासंघ दाङ शाखाले पत्रकार राहत सहायता कोष स्थापना गर्ने निर्णय गरेको छ । जसकालागी नेपाल पत्रकार महासंघ दाङ शाखाको नाममा नेपाल बैंक लि. घोराही शाखामा रहेको खाता न ०२७०१०००२६८४९७०००००१ मा आर्थिक सहायताकालागि सम्पूर्ण सहयोगी निकाय एवं व्यक्तीहरुलाई अपील गर्ने निर्णय गरेको छ ।

तपाईंको प्रतिक्रिया