पिडीतलाई न्याय र क्षतीपुर्ति दिलाउन मुक्ति समाजकाे माग

 बैशाख २३, २०७८

तुलसीपुर ।
तुलसीपुरमा रोकिराखेको कारमा तीन वालक मृत भेटिएको घटनाबारे नेपाल उत्पीडित जातिय मुक्ति समाजले पुन: ध्यानाकर्षण गराएको छ । घटना घटे लगत्तै प्रेस विज्ञप्ती जारी गरी सत्य तथ्य छानविन गरि दोषिलाई कारवाहीको माग गर्दै आएको समाजले ६ दिन सम्म घटनाबारे यथार्थ सार्वजनिक नहुनु चिन्ताको विषय भएको बताएको छ । समाजका जिल्ला अध्यक्ष चुर्ण बहादुर नेपालीद्धारा जारी विज्ञप्तीमा सरोवाला संग आबस्यक परामर्श गरि पिडितलाई न्याय दिलाउने कुरामा अघि बढेको बताईएको छ । कसैको दवावमा नपरि अनुसन्धानको दायरा फराकिलो पारी दोषि पत्ता लगाई कारवाहि र पिडीतलाई उचित क्षतीपुर्ति दिलाउन सम्बन्धीत निकाय सग माग गर्दछौ विज्ञप्तीमो उल्लेख गरिएको छ ।

पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट आरजे ०१ सिसी ०८८५ नम्बरको कारभित्र उनीहरू मृत अवस्थामा फेला परेका थिए । यहि बैशाख १६ गतेदेखी बेपत्ता भएका तुलसीपुर ६ बरुवागाउँ बस्ने भिम बहादुर परियारका ९ बर्षका छोरा सन्दिप परियार, सोही ठाउँका सन्तोष परियारका ७ बर्षका छोरा सुवर्ण परियार र किरण परियारका ६ बर्षका छोरा करण परियार पार्किङ गरि राखेको आरजे ०१ सिसी ०८८५ नम्वरको भारतीय गाडी भित्र शनिवार साँझ मृत भेटिएका थिए ।

तपाईंको प्रतिक्रिया