कर्मचारीको तलब र वृद्धभत्ता बढाउने सरकारकाे तयारी

 बैशाख २४, २०७८

काठमाडौं । सरकारले कोरोना नियन्त्रण र महामारीबाट उत्पन्न संकटको व्यवस्थापनलाई ध्यानमा राख्दै आगामी आर्थिक वर्ष ०७८/७९ को बजेटको तयारी गरिरहेको छ । कोरोना संकटबीच आउने बजेटले कर्मचारीको तलब र वृद्धभत्ता पनि बढाउने अर्थ मन्त्रालयको उच्च स्रोतले जानकारी दियो । आव ०७८/७९ को संघीय बजेट १५ जेठमा सरकारले संसद्मा पेस गर्नेछ, जुन आउन अब २२ दिन मात्र बाँकी छ ।

बजेट तयारीका लागि अर्थ मन्त्रालयमा युद्धस्तरमा काम भइरहेको छ । कोभिडले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभावलाई हेर्ने गरी बजेटको प्राथमिकता तय भइरहेको आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले बताए । याे समाचार नयाँ पत्रिकामा प्रकाशित भएको छ ।

तपाईंको प्रतिक्रिया