कोहली दम्पतीले गरे २ करोड सहयोग

 बैशाख २५, २०७८

काठमाडौँ । भारतीय क्रिकेट कप्तान विराट कोहली र उनकी पत्नी नायिका अनुष्का शर्माले कोरोना भाईरसको महामारीविरुद्ध लड्न २ करोड भारतीय रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेका छन् ।

कोरोनाविरुद्ध लड्न उनीहरूले आर्थिक संकलन अभियान पनि थालेका छन् । कोहली दम्पतीले केट्टो प्लाटफर्मबाट युनाईटेड वे अफ बेन्ग्लुरुनामक एनजीओसँग मिलेर अभियान सुरु गरेका हुन् ।

यस अभियानबाट ७ करोड संकलन गर्ने लक्ष्य रहेको बताईएको छ । उक्त अभियानकै लागि कोहली दम्पतीले २ करोड दिने घोषणा गरेका हुन् ।

तपाईंको प्रतिक्रिया