नेपालसहित चार नेताको निलम्बन फुकुवा

 बैशाख ३०, २०७८




काठमडौँ । एमाले स्थायी कमिटि बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई ६ महिनाका लागि गरेको निलम्बन फुकुवा गरेको छ । बालुवाटारमा बसेको बैठकले नेपाल उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेमाथि गरेको कारबाही फुवाव गर्ने निर्णय गरेको हो।

अध्यक्ष ओलीले केन्द्रीय कमिटिको अधिकार आफूमा खिचेर गत चैत १६ र १९ गते नेताहरुलाई निलम्बन गरेका थिए । पार्टी एकताको रक्षाका लागि विगतका सबै कुरा बिर्सेर एकतामा योगदान गर्न आह्वान गर्र्दै यस्तो निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीको भनाई छ ।

आफ्नो सरकार ढालेर विपक्षीको सरकार बनाउने कारक बन्ने खालको बाटोमा नहिँड्न नेता नेपाल पक्षलाई आह्वान पनि बैठकले गरेको छ ।

बैठकले पार्टी र सरकार सम्बन्धी अरु सबै निर्णय गर्ने अधिकार अध्यक्ष केपी ओलीलाई दिएको उनले बताए ।

तपाईंको प्रतिक्रिया