भारतमा नयाँ सङ्क्रमितको सङ्ख्या घट्दै

 बैशाख ३१, २०७८

काठमाण्डाै ।

भारतमा केही दिन यता कोरोना भाइसका नयाँ सङ्क्रमितको संख्या केही घट्न थालेको छ । दैनिक चार लाख भन्दा धेरैमा सङ्क्रमण हुने गरेकोमा केही दिन यता यो संख्या घटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गएको २४ घण्टामा भारतमा तीन लाख ३८ हजार १९ जनामा सङ्क्रमण भएको छ ।

हिजो तीन लाख ६२ हजार चार सय ६ जना सङ्क्रमित भएका थिए भने अस्ति तीन लाख ४८ हजारमा सङ्क्रमण देखिएको थियो । गएको शनिबार भारतमा एकैदिन ४ लाख ९ हजार भन्दा धेरैलाई सङ्क्रमण देखिएको थियो । तर, त्यस यता भने सङ्क्रमितको सङ्ख्या केही घटेको छ । तर, भारतमा कोरोनाको नयाँ भेरियन्ट फैलिरहेकाले यसलाई सङ्क्रमण घटेको मान्न नमिल्ने विश्लेषण गरिएको छ ।

यस्तै, भारतमा गएको २४ घण्टामा तीन हजार ८ सय ८८ जनाको कोरोनाका कारण ज्यान गएको छ । अहिलेसम्म भारतमा कोरोनाका कारण दुई लाख ६२ हजार भन्दा धेरैको ज्यान गएको छ भने सङ्क्रमितको सङ्ख्या दुई करोड ४० लाख भन्दा धेरै छ ।

तपाईंको प्रतिक्रिया