नेपाललाई आपतकालीन सहयोग आवश्यक : डब्लूएचओ

 जेठ ०१, २०७८

काठमाडौं ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र भइरहेकाले नेपाललाई आपत्कालीन सहयोग चाहिएको बताएको छ । शुक्रबार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयससले पछिल्लो समय भारतका साथै नेपाल, श्रीलंका, भियतनाम, कम्बोडिया, थाइल्यान्ड र इजिप्टलगायतका मुलुकमा पनि कोरोना संक्रमण तीव्र बनेपछि समस्या उत्पन्न भएको बताएका हुन् ।

उनले यी मुलुकमा पछिल्लो समय संक्रमण बढेको र अस्पताल भर्ना हुनेहरुको संख्या पनि बढेको बताएका छन् । केही अमेरिकी मुलुकमा अझै पनि कोरोना संक्रमण उच्च रहेको निर्देशक गेहब्रेयससको भनाइ छ । गत हप्ता कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये ४० प्रतिश अमेरिकी क्षेत्रका रहेको उनले बताए । कोरोना भाइरसले अहिलेसम्म ३३ लाखभन्दा बढीले ज्यान गुमाइसकेको उल्लेख गर्दै उनले पहिलोभन्दा दोस्रो लहर झन घातक रहेको बताए ।

तपाईंको प्रतिक्रिया