कोरोना अनुभव: आत्मबल बढाएर खानपिनमा ध्यान दिउँ

 जेठ ०२, २०७८

तुलसीपुर ।

चलचित्र पत्रकार संघ दाङका पूर्ब अध्यक्ष धुर्वराज न्यौपाने (डिआरएन) ले कोरोना जितेका छन् । सुरुमा बैशाख ९ गते जाँच गराउदा पोजेटिभ आएपछि होम आईसोलेसनमा बसेका थिए । उनले गएको बैशाख २० गते दोस्रोपटक जाँच गराउदा फेरि पनि पोजेटिभ नै आएको थियो ।

यद्यपि २३ दिन पछि तेस्रो पटक बैशाख ३१ गते जाँच गराउदा भने रिपोर्ट नेगेटिभ आएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन । समग्रमा भन्दा उच्च आत्मवल, खानपिन र शारीरिक ब्यायामले नै कोरोना जित्न सकिने उनको अनुभव छ ।

गएको बैशाख २ गते विरामी परेका उनले आफ्नो कोरोना अनुभव यसरी ब्यक्त गरेका छन । गएको बैशाख २ गते देखि बिरामी भएको थिए । सुरुवाती चरणमा रगत जाँच गर्दा टायफाईड भएको पाईयो र त्यही अनुसार उपचार गरियो । शरिर एकदमै शिथिल भएपछी कोरोना चेक गरौ जस्तो लाग्यो र बैशाख ९ गते बिहिबार पिसिआरका लागि स्वाब दिए । भोलिपल्ट रिपोर्ट पोजेटिभ आयो । रिपोर्ट पोजेटिभ आएपछी घरमा उच्च मनोबलका साथ बसे र खानपानमा बिशेष ध्यान दिए । त्यसको १२ दिन पछि फेरि बैशाख २० गते दोस्रो पटक पिसिआर परिक्षण गरे तर त्यसबेला पनि रिपोर्ट पोजेटिभ नै आयो । यहि समयमा थुप्रै आफन्त तथा प्रिय साथिहरुलाई कोरोनाकै कारण गुमाउनु पर्यो । आफ्नै घरमा कोरोनाको बज्रपात पर्यो । ससुरा बुवालाई समयमा अक्सिजन दिन नसक्दा उहाँलाई गुमाउनु पर्यो । ससुरा बुवा सङ्गसङ्गै प्रिय दाइ कमल गौतम,साथिहरु सन्दिप भुषाल,उज्ज्वल शर्मा,साथी मोचन श्रेष्ठका बुवालाई गुमाउदा मन थाम्न सकेको थिएन । अतिनै भाबबिहोल भए । कल्पनानै गर्न नसकेका कुराहरु सुन्दा मनलाई सम्हाल्न अतिनै गार्हो हुदो रहेछ । जता हेर्यो त्यतै पिडै पीडा तर के गर्नु बाच्ने मान्छेले आफ्नो अगाडि आएका हरेक समस्याहरुलाई अङ्गाल्नुको बिकल्प रहेनछ । तेस्रो पटक बैशाख ३१ गते २३ दिनपछी परिक्षणका लागि स्वाब दिएको थिए जेठ १ गते सबैको साथ,सहयोग,माया अनि हौसलाका कारण रिपोर्ट नेगेटिभ आयो । रिपोर्ट नेगेटिभ आए पनि शरिर पहिलाको जास्तो फुर्तिलो भने छैन । यो बिस्तारै बिस्तारै ठिक हुँदै जानेछ भन्ने आशा छ । कोरोनाको लडाईमा जित हासिल गर्दा खुसी त छु तर फेरि कसैलाई केही भैइहाल्छ कि भन्ने डर लाग्छ । यहाँ आफू मात्र बाचेर नहुदो रैछ,सारा संसार बाच्नु पर्छ । हामी सबैको उहीँ पुरानै दैनिकी हुनु पर्छ । यो कोरोनाको मुख्य औजार भनेको आत्मबलनै रहेछ । ध्यान गरौ,योगा गरौ,आत्मबल बढाऔ,खानपिनमा बिशेष ख्याल गरौ,होम क्वारेन्टाइनमा बस्दाको समयलाई सिर्जनात्मक बनाऔ जितको नतिजा हाम्रै हातमा हुनेछ । यो एक महिनाको बिचमा मेरो स्वास्थ्यको बारेमा जानकारी लिने,मलाई बेलाबेला हौसला प्रदान गर्ने,फोनको भरमा भरपुर सहयोग गर्ने र मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा प्रियजनहरु प्रती आभार प्रकट गर्न चाहान्छु,जति साथिहरु कोरोना सङ्ग जुधिरहनुभएको छ सबैको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछु । अन्तमा म कोरोना सङ्ग लड्दा मेरो खानपान लगायतका अन्य सबै कुराहरुमा विशेष ख्यालगरि मेरो स्वास्थ्यलाई मजबुत बनाउन उल्लेखनीय सहयोग गर्ने मेरि जिबनसङ्गिनी प्रती विशेष धन्यबाद ।

तपाईंको प्रतिक्रिया