नारायणपुरकाे लागि अटाे एम्बुलेन्स चाहिए यी नम्बरमा फाेन गर्नुस

 जेठ ०२, २०७८

तुलसीपुर ।
काेराेना भाइरसकाे सङ्क्रमण बढिरहेकाे र निषेधाज्ञा जारी रहेकाे बेला बिरामीलाई सहजता दिलाउन नारायणपुर उद्योग वाणिज्य संघले अटाे एम्बुलेन्स सेवा सुचारू गरेकाे छ । जेठ १ गतेदेखि नारायणपुर बजार पूर्ण रूपमा सिल गरिएकाे छ । काेराेनाका बिरामीलाई अस्पतालसम्म पुर्‍याउन र पिसिआर जाँच गराउनका लागि संघले अटाे एम्बुलेन्स सुरू गरेकाे संघका अध्यक्ष अभियान बस्नेतले बताए ।

अहिले ५ वटा अटाे एम्बुलेन्स सञ्चालनमा रहेका छन् । अटाे एम्बुलेन्सले सङ्क्रमितलाई अस्पतालमा पुर्‍याउने र सम्भावितलाई पिसिआर चेकजाँचका लागि ओसारपसार गर्नेछन् । संघले अटाे चालककाे ५ लाखकाे विमा गरिदिएकाे बस्नेतले बताए । उनीहरूलाई स्वास्थ्य सामग्री तथा पिपिइ सेट उपलब्ध गराएकाे छ । अटाे व्यवस्थापनकाे लागि संघका वाणिज्य उपाध्यक्ष तिलक महारालाई जिम्मेवारी दिइएकाे छ ।
यी हुन अटाे एम्बुलेन्स :
रा १ ह २८७०/ विनाेद भण्डारी : ९८४७८२९२३२
रा १ ह २२६८/ दामाेदर घिमिरे : ९८०९८३२७२३
रा १ ह ३४१४/ गाेपाल बहादुर नेपाली : ९८२९७२४९४
रा १ ह ३३४६/ डिल्लीराज आचार्य : ९८६८९९३४०६
रा १ह २८१५/ विजय पाैडेल: ९८६०४९८७००

तपाईंको प्रतिक्रिया