आज मदन-आश्रित स्मृति दिवस

 जेठ ०३, २०७८

काठमाडौं । नेकपा(एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको आज २८ औं स्मृति दिवस आज कोरोना महामारीबाट बच्दै स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग गरेर बिभिन्न कार्यक्रम गरी स्मरण गरिँदैछ छ । एमालेले देशभर मदन–आश्रित स्मृति दिवस मनाउने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुल्खुस्थित पार्टी मुख्यालय पुगेर त्यहाँ रहेको मदन–आश्रित शालिकमाथि माल्यापर्ण गर्नेछन्।

एमालेका कार्यलय सचिव शेरबहादुर तामाङले बिहान साढे सात बजे प्रधामन्त्री ओली बुल्खु पुगेर श्रद्धाञ्जली मदन–आश्रिप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको जानकारी दिए । भण्डारीलाई नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक मानिन्छ। लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनमा कटिवद्ध रहेका मानिने भण्डारीले जनताको बहुदलीय जनवाद (जबज)को प्रतिपादन गरेका थिए ।

छोटै समयमा सर्वाधिक लोकप्रिय बनेका भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा मृत्यु भएको थियो। आश्रितको मृत अवस्थामै गाडीमै शव भेटिएको थियो भने भण्डारीको शव घटनास्थलदेखि धेरै तल नारायणी नदी किनारमा तिन दिन पछि भेटिएको थियो । ‘दासढुंगामा घटना’को छानबिन गर्न धेरै आयोग बने पनि अहिलेसम्म वास्तविकता बाहिर आउन सकेको छैन ।

तपाईंको प्रतिक्रिया