कोरोना संक्रमितबाट थप हौसला पाए

 जेठ ०७, २०७८

बैशाख १९ गते विहान म कार्यरत रेडियो प्रकृतीको डिउटी सकेर घर आए । दिउसो शरीर कटकटी खाएको अनुभव भयो । अर्को दिन विहान रेडियो गएन म । सहकर्मि लक्ष्मण विश्वकर्मालाई फोन गरेर भने एक्लै हेर्नुस,मलाई विसन्चो जस्तोछ भने । तीन सम्म त घरबाटै समाचार पढे । थोरै ज्वरो पनि आउला जस्तो भयो । मेडिकलबाट डि कोल्ड ल्याएर खादापनि केहि फरक भएन । त्यसपछि पिसीआर परीक्षणको लागि बैशाख २१ गते राप्ती श्वास्थ्य बिज्ञान प्रतिष्ठान पुगेर स्वाव दिए । म ढुक्क थिए की कोरोना छैन होला भनेर तर अर्को दिन रिर्पोट पोजेटिभ आयो ।

मनोवल उच्च राख्नुपर्छ भनेर भन्ने गरिन्छ यद्यपी मन कमजोर चाहि बन्दो रहेछ । अरु धेरै समस्या थिएन तै पनि कमजोर भएको महशुस भयो । साझ कोरोना संक्रमित अग्रज दाजु संगित बस्यालले भिडियो कल गर्नुभयो । उहालाई अलि गाह्रो भएकको देखे मैले । आफुलाई गाहे भएर आराम गरिहरनुभएका उहाले मलाई ठीक हुन्छ भनेर आत्मबल बढाउनुभो । केहि दिन अफ्ठेरो होला नआत्तिनु भनेर भन्नुभयो । कोरोना संक्रमित शाथी डिआरएनबाट पनि थप हौसला पाए । तर त्यो रात काट्न मलाई मुस्कील भयो । शरीर कटकटी खानु र शरीर कमजोर भएको महशुस बाहक अन्य कुनै समस्या थिएन मलाई । तै पनि दिनहु जसो संक्रमितको मृत्यु देखेर धेरै सोच्न पुगे । लाग्न थाल्यो अव मैले देखेका सपनाहरु पुरा हुदैनन होला ।

मनले केहि गरौ भनेर भनेपनि पछि गरौंला भन्दै थाति राखेका रहर अब यत्तिकै सकिने भए भनेर ।
तथापि समय कटाउनलाई सामाजिक खोलेपछि बेडको अभावमा संक्रमित छटपटाउदै, कतै अक्सीजन नपाएर विरामी छटपटाएर मरेको, एकै दिन यति मरे, यी र यस्तै समाचारबाट झन पिडा हुन थाल्यो । त्यसपछि मोवाईलबाट फेसबुक नै फाले । तरपनि मनमा कसैलाई के भयो भनेर मनमा कुराहरु खेलरहन्थ्यो । त्यसपछि यूटुवमा भिडीयोहरु हेरे, मोवाईलमा गेम कहिल्यै नखल्ने म लुडो लगायतका गेमहरु खेले । केहि नयाँ कलाको विकास पनि गरेको छु । यूटुव हेरेर फोटोसपमा केहि डिजाईन गर्न पनि सिके । यसरी नै आईसोलेसनका दिनहरु विताए ।
होम आईसोलेसनमा बस्दाखेरी
कोरोना लागेपछि सुरुमा अब मलाई के हुन्छ होला भन्ने लाग्यो तर विस्तारै आत्मबल बढाए ।
पोषिलो खानेकुराहरु मासु, गेडागुडी,दालको झोलहरु,फलफुल र अण्डा खाए ।
फेसबुक र समाचार हेर्न छाडे, यूटुवमा गितहरु हेरे, फुटवल, क्रिकेट हेरेर समय विताए ।
सधै विहान र बेलुका बाहिर निस्कन्थ्ये र सकेजति ब्यायाम गरे ।

यसरी दिनहरु वित्दैजादा केहि सहज पनि हुदै गयो । होम आईसोलेसनमा बसेको १६ दिनमा पिसीआरको लागि जेठ ५ गते अरनिको मैदानमा गई स्वाव दिई जेठ ६ गते रिर्पोट नेगेटिभ आयो । अहिले म ठिक छु । यो विचमा मेरो श्वास्थ्य अवस्थाबारे बारम्बार फोन गरेर सम्झने म कार्यरत संस्थाका प्रमुख, मेरा बाआमा, श्वास्थ्यकर्मि, अग्रज,शाथीभाई लगायत सबै धन्यवादको पात्र हुनुहुन्छ ।

तपाईंको प्रतिक्रिया