‘मिस्टर नेपाली’ युटुबमा रिलिज

 जेठ ०९, २०७८

चलचित्र ‘मिस्टर नेपाली’ युटुबमा सार्वजनिक भएको छ । ओएसआर डिजिटल नामक युटुब च्यानलबाट यो चलचित्र सार्वजनिक गरिएको हो । शुक्रबार सार्वजनिक भएको यो चलचित्रलाई डेढ लाख भन्दा बढी दर्शकले हेरिसकेका छन् । देवचुली फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा कथा, पटकथा तथा निर्देशन देव भुषालको छ । यो चलचित्रमा नायक भूवन केसी, सरोज खनाल, विष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तव, रीमा विश्वकर्माको साथमा नयाँ कलाकारहरु साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका छ ।

तपाईंको प्रतिक्रिया