बजेट कार्यान्वयन चुनौतीपूर्ण हुने टिप्पणी

 जेठ १६, २०७८

तुलसीपुर ।

सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन चुनौतीपूर्ण हुने विज्ञहरूले टिप्पणी गरेका छन् । सरकारले हिजो आगामी आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । अर्थविद् डा जनार्दन आचार्यले बजेटका कार्यक्रम आकर्षक भए पनि कार्यान्वय हुनेमा शङ्का व्यक्त गर्नुभयो ।

विपक्षी दलहरूले पनि सरकारले चुनाव लक्षित गरी मतदातालाई प्रभावित पार्नका लागि बजेट केन्द्रित गरेको टिप्पणी गरेका छन् । नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले कार्यान्वयन गर्नका लागि भन्दा पनि जनता झुक्याउने गरी बजेट ल्याइएको बताउनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हिजो बजेट प्रस्तुत गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया