शनायाको सेक्सी फोटो सुट

 जेठ १७, २०७८

अभिनेता अनिल कपुरकी भतिजी तथा सञ्जय कपुरकी छोरी शनाया कपुरले अहिलेसम्म बलिउडमा डेब्यु गरेकी छैनन् । फेसनका कारणले भने उनी हमेसा चर्चामा छाउने गर्छिन् । इन्स्टाग्राममा उनी निकै एक्टिभ र चर्चित छिन् । उनका तस्बिर सामाजिक सञ्जालमा आउने बित्तिकै भाइरल हुने गर्दछ ।

अहिले शनायाले केही नयाँ तस्बिर सामाजिक सञ्जालमार्फत बाहिर ल्याएकी छन् । जुन चर्चाको बिषय बनेको छ । तस्बिरमा उनले सेतो रंगको ट्रान्सपेरेन्ट पहिरन लगाएकी छन् । यो ड्रेसमा उनी हट एण्ड सेक्सी देखिएकी छन् । शनायाको यस लुक्सको अर्काे आकर्षक पाटो उनले टाउकोमा लगाएको ह्याट पनि हो । ठुलो साइजको ह्याट फोटो सुटमा उनले आकर्षक तबरले प्रस्तुत गरेकी छन् । जुन तारिफ योग्य  छ । फ्यानले शनायाको यो लुक्स निकै मन पराएका छन् । 


तपाईंको प्रतिक्रिया