क्रोएसिया अर्मेनियासँग बराबरीमा रोकियो

 जेठ १९, २०७८

युरो-२०२०  को तयारीका क्रममा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मंगलबार क्रोएसिया अर्मेनियासँग निराशाजनक १–१ को बराबरीमा रोकिएको छ । विश्वकपको उपविजेता क्रोएसियाले इन्टर मिलानका विन्गर इभान पेरिसिचको गोलले अग्रता लिएको थियो ।

तर अर्मेनियाका लागि सब्टिच्युट वेबमायर एन्गोलोले बराबरी गोल फर्काए । युरोमा क्रोएसिया समूह डी मा रहेको छ र यसका अन्य टिममा इंग्ल्यान्ड, स्कटल्यान्ड र चेक गणतन्त्र रहेका छन् ।

मंगलबार अन्य खेलमा पोल्यान्ड र रुसले पनि १–१ को बराबरी खेलेका छन् । यस्तै कोसोभोले सानमारिनोलाई ४–१ र इस्टोनियाले लिथुवानियालाई १–० ले हरायो ।

तपाईंको प्रतिक्रिया