नेपालमा तत्काल खोप प्राप्त नभए कठिन अवस्था निरन्तर रहने

 जेठ २०, २०७८

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालले तत्काल खोप प्राप्त गर्न नसके अहिलेको कठिन अवस्था निरन्तर रहने बताएको छ । डब्लुएचओको नेपाल कार्यालयले विहिबार भिडियो वक्तव्य जारी गर्दै तत्काल नेपाललाई खोप आपूर्ति गर्न ठूला राष्ट्रलाई आग्रह गरेको छ ।

संगठनका नेपाल प्रमुख डा. राजेश शम्भाजिराव पाण्डवले नेपालले तत्काल खोप प्राप्त गर्न नसके अहिलेको कठिन अवस्था निरन्तर रहने बताए । नेपालको कूल जनसंख्याको ७ प्रतिशत अर्थात २१ लाखले मात्र खोप प्राप्त गरेको जनाउँदै डा. पाण्डवले सातलाख भन्दा केही बढीले मात्र खोप प्राप्त गरेको बताए । अहिलेको आवश्यकता भनेको बाँकी १४ लाख जनाालई अस्टाजेनेको खोपको दोस्रो डोज उपलब्ध गराउनु हो र जसमा ६५ वर्षमाथिको उच्च जोखिम समूहका मानिस छन्’ उनले भने ।

डब्लुएचओका विश्व निर्देशक डा. ट्रेडोस र दक्षिण एसिया निर्देशक डा. पुनमले कठिन घडीमा नेपाललाई सहयोग गर्न अपिल विकसित राष्ट्रलाई आग्रह गरेको जानकारी पनि उनले दिए । कोभ्याक्सबाट प्राप्त हुने खोपलाई सुनिश्चित गर्न निरन्तर प्रयासहरु जारी रहेको समेत डा. पाण्डवले बताएका छन् ।

तपाईंको प्रतिक्रिया