पहिलो हाफकाे समाप्तिमा नेपाललाई अग्रता

 जेठ २०, २०७८

काठमाडौं । अञ्जन विष्टको गोलमा नेपालले विश्वकप तथा एएफसी एसियन कपको संयुक्त छनोटअन्तर्गत चाइनिज ताइपेइविरुद्ध जारी खेलमा नेपालले १-० को अग्रता लिएको छ ।

कुवेतस्थित जबर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा जारी खेलको तेस्रो मिनेटमा मिडफिल्डर सन्तोष तामाङले प्रहार गरेको फ्रि-किकमा विपक्षी टोलीका खेलाडीले पेनाल्टि एरियामा ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो । सोही अवसरलाई सुन्दर गोलमा परिणत गर्दै अञ्जनले नेपाललाई अग्रता दिलाएका हुन् । अहिले पहिलो हाफकाे समाप्ति भएको छ ।

तपाईंको प्रतिक्रिया