युवा अभियानलाई सुन चाँदी ब्यवसायीको सहयोग

 जेठ २२, २०७८

तुलसीपुर ।

तुलसीपुरमा सुन चादी ब्यवसायीहरुले संयुक्त दलित युवा अभियानलाई आर्थिक सहयोग गरेका छन । युवाहरुले लकडाउनको समयमा भोगवाट नागरिकलाइ जोगाउन अति बिपन्न परिवारलाइ राहत बितरन गरिरहेको छ । कोरोना रोकथामको लागि जारी गरिएको लकडाउनले बिपन्न परिवारमा खाद्यन्न अभावले भोकै बस्न नपरोस भनेर सहयोग गरिएको ब्यवसायीले बताएका छन ।

ब्यवसायीहरु राहुल सुन चादी पसलका संचालक मोहन स्वर्णकार, जय माता दी सुन चादी पसलका संचालक मदन के सी, न्यु टीका सुन चादी पसलका संचालक तुलसीराम सुनार, जय माता दुर्गा सुन चादी पसलका संचालक पुष्कर सुनार, उषा एन्ड निशा सुन चादी पसलका संचालक लोक बहादुर बिस्वकर्मा, पुर्णिमा सुन चादी पसलको संचालक जनक सेर्पाइली, बिनोद सुन चादी पसलका संचालक ओबिराम सुनार बाट नगद २३ हजार ५ सय ५ रुपैया सहयोग गरेका हुन ।

उक्त रकम ज्योती गहना पसलको संचालक हरि बिकले संयुक्त दलित युवा अभियान दाङका संयोजक खेमराज बिक सेन्चुरीलाई हस्तान्तरण गरेका छन ।

तपाईंको प्रतिक्रिया