वन मुद्धामा फरार अभियुक्त पक्राउ

 जेठ २४, २०७८

तुलसीपुर ।

दाङमा सामुहिक वन मुद्धामा फरार भएका पाँच जनालाई प्रहरीले चार वर्ष पछि पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरुलाई प्रहरीले लुकिछिपी बस्दै आईरहेको अवस्थामा आईतवार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्वर २ निमुरियाका ५४ बर्षिय गिरीराज गिरी, सोहि ठाउँका ५३ बर्षिय रामप्रसाद पाण्डे, सोहि वडाको बलरामपुर बस्ने ५६ बर्षिया सिता देवकोटा,सोहि ठाउँका ४४ बर्षिय लाल बहादुर चौधरी र निमुरिया बस्ने ४७ बर्षिय आलोक घिमिरे रहेका छन् । उनीहरु विरुद्ध दाङ देउखुरी जिल्ला अदालतले २०७४/११/१४ गते सामुहिक वन मुद्धामा जनही १ लाख ३८ हजार ९ सय १७ रुपैया ३७ पैसा जरिवाना तोकेको थियो । पक्राउ परेकाहरुलाई अदालत बुझाईएको डिएसपी रिजालले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया