केही प्रदेशमा वर्षाको सम्भावना

 जेठ २५, २०७८

काठमाडौं ।

पश्चिमी, पूर्वी र स्थानीय वायुको मिश्रित प्रभावले अहिले देशका पहाडी भू–भागको मौसम बदली रहेको छ। अन्य स्थानमा सामान्यतः मौसम सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तपाईंको प्रतिक्रिया