भेरी नदीमा डुबेर रुकुमकी एक बालिकाको मृत्यु

 जेठ २५, २०७८

तुलसीपुर ।

भेरी नदीमा डुवेर पश्चिम रुकुमकी एक बालिकाको मृत्यु भएको छ । उनकी दिदि नदीमा बेपत्ता भएकी छन् भने एक किशोर घाइते भएका छन् । मृत्यु हुनेमा पश्चिम रुकुमको चौरजहारी नगरपालिका १२ दुरनेटाका अम्मर डाँगीका ११ बर्षिय छोरी गीता डाँगीरहेको प्रहरीले जनाएको छ । जाजरकोट प्रहरीका अनुसार उनकी दिदि दीपा नदीमा बेपत्ता भएकी छन् ।

सँगै गएका सोही ठाँउका १७ बर्षिय रामबहादुर डाँगी घाइते भएका छन् । उनलाई नदीमा बग्दा बग्दै उद्धार गरिएको हो । जाजरकोट भेरी नगरपालिका १ रावतगाँउमा रहेका आफन्त भेट्न आएका उनीहरु गर्मी छल्न भन्दै नदीमा पौडी खेल्न थालेको र पौडी खेल्ने क्रममा रामबहादुरलाई नदीले बगाउन थालेपछि उद्धारका लागि गएका दिदि बहिनी समेत बगेका थिए ।

तपाईंको प्रतिक्रिया