महासङ्घले भन्यो -‘खोप नलाए सम्म भौतिक उपस्थितिमा कक्षा चलाउदैनौं’

 जेठ २५, २०७८

तुलसीपुर ।

नेपाल शिक्षक महासंघले शिक्षक कर्मचारीलाई खोप नलगाए सम्म भौतिक उपस्थितिमा कक्षा नचलाउने बताएको छ । महासंघका सह अध्यक्ष विष्णु प्रसाद दवाडि र महासचिव लक्ष्मी किशोर घिमिरेद्धारा जारी विज्ञप्तीमा यस्तो चेतावनी दिइएको हो । सरकारले असार १ गते देखि शैक्षिक गतिविधि अघि बढाउन निर्देशन दिएपछि महासंघबाट यस्तो विज्ञप्ती आएको हो ।

अहिले पनि कोभिड सङ्क्रमण डरलाग्दो गरी फैलिरहेको अवस्थामा भौतिक उपस्थिति सहित कक्षा सञ्चालन नगर्न नगराउन सबैमा अनुरोध समेत गरेको छ । साथै जवरजस्ती रुपमा कक्षा सञ्चालनमा सहभागी गराए आईपर्ने गम्भीर परीनामको जिम्मेवारी निकायले लिनुपर्ने बताएको छ ।

यस्तो छ विज्ञप्ती ।

तपाईंको प्रतिक्रिया