चोरी मुद्दामा फरार घोराहीका सुबि पक्राउ

 जेठ २५, २०७८

तुलसीपुर ।
दाङमा चोरी मुद्दामा फरार एक युवकलाई १८ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । २०६१ साल वैशाख ७ गते चोरी मुद्दामा फरार घोराही उपमहानगरपालिका १५ निवासी ३६ वर्षीय सुबि चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

फरार चौधरीलाई मंगलबार दिउँसो ४ बजे घोराही उपमहागरपालिका १५ ट्राफिक चोकमा लुकीछिपी बसेको अवस्थामा फेला पारी दाङ देउखुरी जिल्ला अदालतमा बुझाएको छ । उनलाई अदालतले ५ हजार ५ सय ५० रुपैँया जरिवाना तोकेको थियो ।

तपाईंको प्रतिक्रिया