युवा संगठनद्धारा तुलसीपुरमा दिप प्रज्वलन

 जेठ २६, २०७८

तुलसीपुर ।
विप्लवले नेतृत्व गरेको नेकपाको सहायक संगठन युवा संगठन नेपाल जिल्ला समिती दाङको आयोजनमा तुलसीपुरमा दिप प्रज्वलन कार्यक्रम भएको छ । कोभिड – १९ को संक्रमणबाट ज्यान गुमाउनुहुने सम्पुर्ण नागरिकहरुको सम्झनामा दिप प्रज्वलन गरिएको युवा संगठन नेपालका केन्द्रीय सदस्य तिलक योगिले बताए ।

कार्यक्रममा युवा संगठन नेपाल दाङ जिल्ला इन्चार्ज मनोज परियारले संगठन कोभिड माहामारीको विषम परिस्थितिमा जनसेवा,जनश्रमदान,रक्तदान,विपन्न परिवारलाइ आर्थिक सहयोग गर्ने अभियानमा जुटेको बताए । केही समय अघि संगठनले कोरोना बिशेष अस्पताल बेलझुन्डीमा विरामी कुरुवा प्रतीक्षालय निर्माणमा जनश्रमदान,कोभिड माहामारीमा रगत अभाब हुन नदिन रक्तदान कार्यक्रम र विपन्न दल बहादुर शाहु घर निर्माण अभियानमा निर्माण सामाग्री,खाद्यान्न सहयोग गरेको थियो ।

तपाईंको प्रतिक्रिया