देउवाले भने – “पार्टीकाे चौधौँ महाधिवेशन भदौमा”

 जेठ २६, २०७८

फाइल फाेटाे
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो भदौमा पार्टीको चौधौँ महाधिवेशन गर्न प्रतिबद्धता जनाउनुभएको छ । बुधवार विज्ञप्ति निकालेर सभापति देउवाले आउँदो भदौमा पार्टीकाे चौधौँ महाधिवेशन हुने र त्यसमा आफू प्रतिबद्ध रहेको जानकारी गराउनुभएको हो ।

पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्त्वपूर्ण राजनीतिक अभियान भएको भन्दै उहाँले पार्टीको जीवन्तताका लागि महायज्ञ हो भन्ने कुरा आफूले राम्रोसँग बुझेको बताउनुभयो ।

तपाईंको प्रतिक्रिया