अक्सिजन पछि, भोको पेट खोज्दै ‘जेठुकान्छु’

 जेठ २७, २०७८

तुलसीपुर ।
तुलसीपुरमा कोरोनाबाट प्रभावित असहाय तथा बिपन्न परीवारको लागि राहत वितरण गरिएको छ । अक्सीजनको लागी मेरो एक हजार अभियानका अभियन्ता पदम पोख्रेल जेठुकान्छुको पहलमा आजबाट यो अभियान सुरु भएको हो । ओरेन्टो मल्टी ट्रेड प्रा.ली.काठमाण्डौको सहयोगमा आज पहिलो दिन वडा नम्बर ५ र १३ मा राहत वितरण गरिएको हो । जस अनुसार वडा नम्बर ५ मा २५ घरपरिवारलाई प्रतिघर २५ किलो चामल , दाल , खाने तेल र नुन बितरण गरिएको अभियन्ता पोख्रेलले बताउनुभयो ।

राहात वितरण गर्दै उहाले समाज सेवा गर्छु भन्नेहरुका लागी यो ठुलो अवसर भएकाले संकटको समयमा सहयोग गर्नु सबैको दायीत्व भएको बताउनु भयो । साथै उहाले यस सामाजिक कार्यमा सहयोग गर्न चाहाने दाताहरुलाई सम्पर्क गर्न पनि आग्रह गर्नु भएको छ । कोरोना महामारीका जारी लकडाउनले गर्दा साझ विहान छाक टार्न मुस्कील घर परीवारको पहिचान गर्दै राहत वितरण गरिएको हो । सो अवसरमा आधारभुत विद्यालय ज्ञानज्योतीका प्रअ मेघराज घिमिरे, स्थानियत बिमला भट्टराई महरा, स्थानिय टोल विकास संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

डा नम्बर १३ मा पनि राहत वितरण

यस्तै आज नै तुलसीपुर उपमहानरपालीका वडा नम्बर १३ मा पनि राहत वितरण गरिएको छ । वडामा रहेका अतिविपन्न,एकल महिला पहिचान गरि २१ घरपरीवारलाई राहत वितरण गरिएको स्थानिय यृुवा नेता मोहन पौडेलले बताउनुभयो । प्रतिघर २५ किलो चामल , दाल , खाने तेल र नुन बितरण गरिएको हो । त्यस अवसरमा बोल्दै अभियानकर्मि शुनिल आचार्यले भोको पेटका लागि राहत अभियानमा सहयोग गर्न सबैमा आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा अभियन्ता पदम पोख्रेल जेठुकान्छु,वडा नम्बर ६ कि वडा सदस्य युवा करारा,शुरेस रावत,मोहन पौडेल लगायतको उपस्थिती रहेको थियो ।।

तपाईंको प्रतिक्रिया