दाङमा ४४ संक्रमित थपिए, १३० जना निको भए

 जेठ २७, २०७८

तुलसीपुर ।
दाङमा आज कोरोना संक्रमित थपिने भन्दा निको हुने दर बढेको छ । जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले दिएको जानकारी अनुसार जिल्लामा ४४ जनामा संक्रमण देखिएकोमा १३० जना संक्रमणमुक्त भएका छन् । बितेको २४ घण्टामा १२० जनामा परिक्षण गर्दा २० महिला र २४ पुरुषमा कोरोना देखिएको केन्द्रले जनाएको छ ।

त्यस्तै आज निको हुनेमा घोराहीका ५१,तुलसीपुरका १४, लमहीका ३८,दंगीशरणका ७, शान्तिनगरका ६,राप्ती र बबईका ५÷५ जना, गढवाका ३ र राजपुरका १ जना कोरोनाका विरामी निको भएको केन्द्रले जनाएको छ । त्यसैगरी आज थपिनेमा घोराहीका २१, तुलसीपुरका १२, राप्ती र लमहीका ३÷३ जना,गढवा,राजपुर,बंगलाचुली,शान्तिनगर र बबईका १/१ जना रहेका छन् । योसंगै जिल्लामा बैशाखयता संक्रमितको संख्या ७ हजार ४ सय ९५ रहेको छन भने निको हुनेको संख्या ६ हजार ८ सय ५८ पुगेको केन्द्रले जनाएको छ । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ४ सय ४६ मा झरेको केन्द्रले जनाएको छ ।

त्यस्तै वितेको २४ घण्टामा दाङका एक जनाको मृत्युु भएको छ । मृत्यु हुनेमा दंगीशरण ५ का ७५ वर्षिय पुरुष रहेको केन्द्रले जनाएको छ । उनको दंगीशरण आईशोलेशनमा दिउसो २ वजे मृत्यु भएको हो । यो संगै बैशाख यता जिल्लामा कोरोनाबाट मृत्युु हुनेको संख्या १ सय ९१ पुगेको छ ।।

तपाईंको प्रतिक्रिया