वडाध्यक्षद्धारा बैठक बहिस्कार,हाकिम चढ्ने गाडीमा भयो विवाद

 जेठ २८, २०७८

तुलसीपुर ।

पश्चिम दाङको शान्तीनगर गाउँपालीकाका वडाध्यक्षले कार्यपालीका बैठक बहिस्कार गरेका छन । आगामि आर्थिक बर्षको लागि बजेट तयारीका लागि बोलाइएको बैठक बहिस्कार गरेका हुन । गाउँपालीकामा बजेट विनियोजन देखि लिएर खरीदका बारेमा भएका कामबारे असन्तुष्टि जनाउदै वडाध्यक्षले बैठक बहिस्कार गरेको एक वडाध्यक्षले बताए । वडाको अधिकार समेत गाउँपालीका केन्द्रीत गर्ने गरेको वडाध्यक्षहरुको आरोप छ ।

बैठकबाट बाहिरिए पछि छलफल गर्दै वडाध्यक्षहरु

वडाको विकासमा बजेट थोरै दिने र गाउँपालीका केन्द्रीत गर्ने गरेको बताएका छन । गाउँपालीकाका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतको मिलेमतोमा बजेट गाउँपालीका केन्द्रीत गर्ने र पछि बजेट फ्रिज भएर जाने अवस्था छ, ती वडाध्यक्षले भने । कर्मचारीको मनपरी तन्त्र हामिलाई स्वीकार्य छैन । उनिहरुले वडाको विकास नै गाउँपालीकाको विकास भएको हुदा वडाको विकासको लागी ११ करोड विनियोजन गर्नुपर्ने अडान लिएका छन । विहिवारको बैठकमा आक्रोस पोख्दै बैठकबाट वडाध्यक्षहरु बाहिरीएका थिए ।

हाकिम चढ्ने गाडी माथि विवाद

गाउँपालीकाले भाडामा लिएको गाडीका विषयमा विवाद देखिएको छ । विगत एक बर्ष देखि गाउँपालीकाले बा १३ च ९५३० नम्बरको स्कारपियो गाडी मासिक रुपमा भाडामा चलाउदै आएको छ । उक्त गाडी गाउँपालीकाका प्रमुख प्रशासकिय अधिकृत रेमन्त बहादुर डागी चढ्ने गरेका छन । गाडीको मर्मत तथा ईन्धनमा अस्वभाविक रुपमा खर्च भएको भन्दै वडाध्यक्षले असन्तुष्ट जनाएका छन । उनिहरुले विहिवारको कार्यपालीका बैठकमा समेत यो राखेका थिए । गाडीको मर्मत तथा ईन्धनमा भएको खर्च सार्वजनिक गर्न माग समेत गरेका छन ।

मासिक रुपमा भाडामा ल्याईएकोे गाडीबारे सुरु देखि नै वडाध्यक्ष असन्तुष्टी थिए । भाडामा ल्याईएको गाडीको चालक भने गाउँपालीकाका कार्यालय सहयोगी हुन । यता गाउँपालीकाका अध्यक्ष कमानसिङ डांगीले आफ्नै छोरा मार्फत ७० हजार मासीक तिर्ने गरि भाडामा ल्याईएको बताए । ९०÷९५ हजार पर्ने गाडी छोराले सस्तोमा मिलाईदिएको डागी बताउछन । गाडीको मर्मत खर्च १० हजार भन्दा बढि भए गाडी धनिले ब्यहोर्ने सम्झौता भएको उनले बताए । यद्यपी यसको खर्चबारे हाल आफुलार्ई जानकारी नभएको उनले बताए ।

तपाईंको प्रतिक्रिया