नेपाल पक्षका मेटमणिले भने-‘बैद्यको भनाई सत्य हो’

 जेठ २९, २०७८


तुलसीपुर ।

नेकपा एमाले माधव नेपाल पक्षका एक नेताले नरोत्तम बैद्यको भनाई बचाउ गर्दै साथ दिएका छन । वैद्यको अभिव्यक्ति अहिले सबैतिर आलोचना भईरहेको बेला एमालेकै नेताबाट सत्य उजागर गरेकोमा धन्यवाद दिएका छन । दाङ जिल्ला क्षेत्र नम्बर १ का विघटित प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले सामाजिक सञ्जाल मार्फत उनको अभिब्यक्ति अप्रिय लागेपनि सत्य नै भएको बताएका छन । यद्यपी उनको यो भनाईबारे सबैले नकारात्मक टिप्पणी गरेका छन ।

नेपाली काँग्रेसको तर्फबाट वाग्मती प्रदेश सभा सदस्य बन्नुभएका वैद्यले हिजो प्रदेशसभाको बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्सेको आवश्यकता परेको बताउनुभएको थियो । गोड्सेले महात्मा गान्धीको गोली हानी हत्या गरेका थिए । वैद्यले यस्तो अभिव्यक्ति दिए पछि अहिले सबैतिर आलोचना भईरहेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वैद्यले संसदमा संयमता गुमाएको टिप्पणी गर्दै आत्मालोचना गर्न निर्देशन दिनुभएको छ ।

तपाईंको प्रतिक्रिया