दंगीशरणका किसानलाई बेसारको बीउ

 जेठ ३१, २०७८

दिप्तीशिखा चौधरी, दंगीरशण ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्र्तगत दंगीशरण गाउपालिका कृषि शाखाको सहकार्यमा शतप्रतिशत छुटमा किसानलाइ बेसारको बिउ वितरण गरिएको छ । वडाको सिफारिसको आधारमा वडा नम्बर १,३,६ र ७ का कृषकहरुलाई बेसारको बीउ वितरण गरिएको हो ।

वडाका दलित,जनजाति ,अपांग र निम्न वर्गीय किसानलाई बेसारको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख सरु भुषालले जानकारी दिनुभयो । एक वडामा २० जना किसानलाई ५० के जि का दरले बेसारको बीउ बितरण गरिएको शाखाले जनाएको छ ।

त्यस अवसरमा गाउँ पालिकाका उपाध्यक्ष पिमा कुमारी खड्का,प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेल, लेखा प्रमुख सोमराज डाँगी लगायतको उपस्थिति थियो । मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रमले कृषकहरुलाइ कृषि क्षेत्रमा ब्यावसायीक बनाउन निकै सहयोग गरिरहेको छ ।

तपाईंको प्रतिक्रिया