प्लाष्टिक विस्थापित गर्न झोला उत्पादन तालिम

 असार १२, २०७८


तुलसीपुर ।
दाङको तुलसीपुरमा प्लाष्टिक विस्थापनका लागि झोला उत्पादन तथा गार्मेन्ट तालिम सुरु भएको छ । लुम्बिन्ी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको सहयोग एवं तुलसीपुर उपमहानगरपालिका, ग्रिन फाउण्डेशन नेपालको साझेदारीमा तुलसीपुर बहुप्राविधिक शिक्षालयको अयोजनामा एक महिना तालिम सुरु भएको छ । दैनिक जिवनमा हानिकारक मानिने पलाष्टिकलाई विस्थापित गर्नका लागि गार्मेन्ट उद्योग संचालनका लागि तालिमको सुरुवात गरेको आयोजकले बताएको छ ।

तालिमको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले जीवन बदल्न सोच बदल्नु पर्नेमा जोड दिनुभएको छ । उद्यमी बन्नका लागि यहाँहरुको उत्साह, जाँगर, लगनशिलताको आवश्यक पर्ने बताउँदे सिपेको सिपलाई व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिनुभयो । तालिममा १५ जना महिलाको सहभागिता रहेको छ ।

बहुप्राविधिक शिक्षालका प्रमुख वसन्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा शिशिर खनाल, ग्रिन फाण्डेसन दाङका सचिव सुरेश रावत, कोषाध्यक्ष खुम प्रसाद भण्डारी, प्रशिक्षक तेज बहादुर केसी, लगाएतले तालिमलाई सार्थकमा परिनत गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण ग्रिन फाण्डेसनका तेज वलीले गर्नुभएको थियो ।।

तपाईंको प्रतिक्रिया