इन्धन डिपोको लागि ट्याङ्की आइपुग्यो

 असार १२, २०७८

तुलसीपुर ।

दाङको टरिगाउँ विमानस्थलमा ईन्धन डिपो निर्माणको लागी इन्धन ट्याङ्की आईपुगेको छ । भारत हुँदै नेपालगञ्ज नाकाबाट ल्याइएको ट्याङ्की आज बिहान तुलसीपुर आइपुगेको टरिगाउँ विमानस्थलका प्रमुख कैलाश शर्माले बताउनुभएको छ । ट्याङ्की सगैं अन्य उपकरणहरू आइपुगेको शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार अव बाउजर लगायतका उपकरण आउन आवश्यक रहेको छ । विमान स्थलमा हाल नेपाल एयरलान्सले दैनिक दुई उडान भर्दै आएको छ । यसैविच, लामो समयको प्रयासमा ट्याङ्की आएकोमा नगर प्रमुख घनश्याम पाण्डेले खुसी ब्यक्त गर्नुभएको छ । कोरोना महामारीका बिचमा पनि सामाग्री आईपुगेकोमा नेपाल आयल निगम ,लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लगायत सबैमा धन्यवाद दिनुभएको छ ।

तपाईंको प्रतिक्रिया