लोकसेवाका पदाधिकारी आएसँगै बढुवा प्रक्रिया सुरु

 असार १४, २०७८

तुलसीपुर ।

विभिन्न मन्त्रालय, निकाय र प्रदेशहरूमा लामो समयदेखि विभिन्न सेवा समूहका गरी आठ सचिव पद रिक्त रहँदै आएको छ । प्रशासन सेवाका पाँच, इन्जियरिङ सेवाका दुई र वन तथा कृषि सेवाका १ गरी ८ सचिव पद रिक्त रहे पनि समयमा नै पदपूर्ति हुन नसक्दा ती निकायका महत्त्वपूर्ण काम प्रभावित हुँदै आएको छ ।

लोकसेवा आयोगमा तीन महिनादेखि पदाधिकारी नहुँदा सचिव बढुवा प्रक्रिया अवरुद्ध रहँदै आएको थियो । लोकसेवामा पदाधिकारी आएसँगै सचिव बढुवा प्रक्रिया सुरु भएको हो । समयमा नै पदपूर्ति नहुँदा सचिव बढुवाको मुखमै रहेका वरिष्ठ सहसचिव मर्कामा पर्दै आएका थिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

तपाईंको प्रतिक्रिया