शिक्षक संघद्धारा तुलसीपुर उपमहानगरको ध्यानाकर्षण

 असार १४, २०७८


तुलसीपुर ।

नेपाल शिक्षक संघ तुलसीपुरले उपमहानगरपालीकाको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष लेबेन्द्र केसी र सचिव तिलक राज डाँगीले विज्ञप्ती जारी गरि सघिय सरकारले भने बमोजिम बजेटको ब्यवस्था नगरेको भन्दै ध्यानाकर्षण गराएको हो ।

आगामि बर्षको बजेटमा सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीको लागी सघिय सरकारले भने बमोजिम बजेट विनियोजन गर्न माग समेत गरिएको छ । जिल्लाका अन्य पालीकाले ७ हजार थप गर्ने निर्णय गरिसकेको अवस्थामा शैक्षिक हवका रुपमा विकास हुन थालेको तुलसीपुरले ठोस निर्णय नलिएको हुदा तत्काल निर्णय लिई सका र कर्मचारीको अन्यौलको अन्त्य गर्न आग्रह गरिएको छ ।

तपाईंको प्रतिक्रिया