काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालन

 असार १५, २०७८

काठमाडौं ।

काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई केही खुकुलो बनाउँदै उपत्यकाका ३ जना प्रमुख जिल्ला अधिकारीको बैठकले सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा लागू गर्ने र खाद्यान्न पसल दिनभर सञ्चालन गर्ने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकामा अब २५ सिट क्षमता भन्दा बढीका सार्वजनिक यात्रु बाहक सवारी साधन जोर बिजोर प्रणालीमा संचालन गर्न पाइने छ। सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्र चलाउन पाइने छ भने खाद्यान्न ढुवानी गर्ने सवारी साधन बिहान ९ देखि ११ बजेसम्म र ४ बजे देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

सार्वजनिक गाडी चलाउँदा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्नेछ । सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नु पर्ने छ। काठमाडौंमा गाडी खुले पनि बाहिरबाट आउने निजी तथा भाडाका गाडीलाई उपत्यका प्रवेशमा रोक लगाइएको छ। बिरामी तथा अत्यावश्यक काम परेकाहरु पास लिएर मात्र काठमाडौं आउन पाउने प्रशासनको आदेशमा उल्लेख छ।

तपाईंको प्रतिक्रिया