नतिजा नआउदै सुरु गरिएको भर्ना रोक्न अनेरास्ववियुको चेतावनी

 असार १६, २०७८


तुलसीपुर ।

अबैध रुपमा विद्यार्थी भर्ना नगर्न अनेरास्ववियु दाङले आग्रह गरेको छ । एसईईको नतिजा नआउदै अनेक बहानामा विद्यार्थी भर्ना गरेको गुनासो आएपछि विद्यालय अनुगमन गरेको अनेरास्ववियुले प्रि रजिष्ट्रेसन कार्य तत्काल रोक्न चेतावती दिएको छ ।

नेकपा एमालेको भातुसंगठन अनेरास्ववियुले तुलसीपुरका गोरखा कलेज,हिमाल एकेडेमी लगाएतका निजि शैक्षिक संस्थामा अनुगमन गरेको थियो । अनुगमनमा अनेरास्ववियुको केन्द्रीय सदस्य दिपक परियार,जिल्ला संयोजक सर्जन परियार, सहसयोजक दिवश क्षेत्री, जिल्ला कार्यालय सचिव गोविन्द बस्नेत लगायतको सहभागीता रहेको थियो ।

तपाईंको प्रतिक्रिया